राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले दिएन : माधव नेपाल « Khabarhub

राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले दिएन : माधव नेपाल


१९ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तकले स्पष्ट पारेको बताएका छन् ।

राजधानीमा आज आयोजित डा सापकोटाको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष नेपालले उक्त पुस्तक इतिहासको दस्तावेज भएको बताए ।

तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरिएको बताए ।

उनले भने, ‘कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन ।’

फरक सन्दर्भ जोड्दै अध्यक्ष नेपालले ७० वर्षमा राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले छाड्न नदिएको बताए ।

उनले भने, ‘चुनावको मिति घोषणा भइसक्यो, यसपालिको चुनावमा लड्नैपर्र्छ र जित्नैपर्छ, अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला, चुनावमा विजयी भएर तपाईंहरुको बीचमा फेरि आउनुपर्छ ।’

उनले कसैको काम नै निषेधको राजनीति गर्ने भएकाले घृणा पैदा गर्ने र नकारात्मक प्रचार गर्ने तत्व कायमै रहेको पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : १५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य