बहराइनमा नेपाली श्रमिकका समस्या सम्बन्धमा अन्तरक्रिया « Khabarhub

बहराइनमा नेपाली श्रमिकका समस्या सम्बन्धमा अन्तरक्रिया


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनमा कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बहराइनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका विषय सम्बन्धमा त्यहाँस्थित नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।

कार्यक्रममा बहराइनका नेपाली राजदूत तीर्थराज वाग्लेले नेपालीका श्रम समस्या, चासो र हितका विषयमाथि दूतावासले गर्दै आएको प्रयासबारे प्रकाश पार्दै संघसंस्थाको समेत सहयोगमा श्रमिकहरुको हित, सचेतना र दक्षता अभिवृद्धिका लागि दूतावास निरन्तर लागिरहने बताएका छन्।

श्रम सहचारी जमुना काफ्लेले वैदेशिक रोजगारीसंग सम्बन्धित संस्थागत, कानुनी तथा प्रकृयागत विषयमाथि प्रस्तुतिकरण गरेकी थिइन्। कार्यक्रममा सहभागी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले आफ्ना महत्त्वपूर्ण अनुभव, धारणा तथा सुझाव राख्दै आगामी दिनमा समेत यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमको निरन्तरताले श्रमिकका समस्या पहिचान तथा समाधानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण दूतावासका सहचारी सुनिता लकान्द्रीले गरेकी थिइन्। कार्यक्रममा सहभागी नेपाली संघसंस्थाका प्रमुख र प्रतिनिधिको सक्रिय सहभागिता तथा महत्त्वपूर्ण सुझावको लागि दूतावासले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : ०१ बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै