भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै  « Khabarhub

भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गदै उनी आज नेपाल आउन लागेका हुन् ।

भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन् ।

उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उनले भ्रमणको बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणको बेला परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : २९ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न