पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ? « Khabarhub

पाँच जिल्लाबाट सिफारिस आरजुले चुनाव जित्लिन् ?

शेखर कोइराला, रेशम चौधरी र पुष्कर ओझाको साथ खोज्दै ‘फर्स्ट लेडी’


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘फर्स्ट लेडी’ आरजु राणा देउवा यस पटक पनि चुनाव लड्ने दाउमा छिन् । चुनाव जितेर सांसद बनिसकेपछि सके प्रधानमन्त्री नसके शक्तिशाली मन्त्रालय सम्हालेर उपप्रधानमन्त्री हुँदै कार्यवाहक भए पनि प्रधानमन्त्री हुने रहर आरजु राणाको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले यस पटक सांसद बन्नैका लागि पाँच ठाउँबाट नाम सिफारिस गर्न सफल भएकी छन् । प्रधानमन्त्री देउवाकै जोड बलमा कैलाली, डडेलधुरा, बाँके, बर्दिया र बागलुङबाट पनि राणाको नाम सिफारिस भएको छ ।

गएको चुनावमा कैलाली ५ नम्बरबाट चुनाव लडेकी उनी ५ हजार मतले एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । यस पटक एमाले फुटेर कमजोर भएका कारण आरजुले कैलाली ५ बाटै चुनाव लड्ने सम्भावना छ ।

त्यसमाथि कैलालीमा एक किसिमको पकड हुँदै माओवादी, नेकपा समाजवादी र जसपाको पनि समर्थन रहने भएकाले आरजु बलियो उम्मेदवार हुन् । यद्यपि चुनाव जित्ने वा नजित्ने निश्चित छैन ।

आरजु राजनीतिभन्दा बढी विभिन्न संघ संस्था र शक्ति केन्द्रका लागि रुचाइने नाम हो । बालुवाटारमा आरजुको पकड देउवाको भन्दा पनि शक्तिशाली छ । कैलालीमा पुष्कर ओझासँग उनको समझदारी बनेमा चुनाव जित्न गाह्रो छैन ।

तर ओझाले अहिलेसम्म आरजुलाई समर्थन गरेका छैनन् । ओझालाई मिलाउन आरजु कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर वार्तामा छिन् । ओझालाई आवश्यक पद दिएर उनको चित्त बुझाउने काममा आरजु सक्रिय छिन् ।

त्यसबाहेक कैलालीमा रेशम चौधरीको पार्टीसँग पनि आरजु निरन्तर सम्पर्कमा छिन् । थारु बाहुल्यता कैलालीमा रेशमको पनि बलियो पकड छ । पोहोर ७ जना प्रहरीको मृत्यु भएको टीकापुर घटनाका कारण फरार हुँदा पनि रेशमले कैलाली १ बाट चुनाव जितेका थिए । अहिले सो क्षेत्रमा रेशम पत्नी रञ्जित लड्ने तयारीमा छिन् । रञ्जिता र आरजुबीच राम्रै तालमेल हुन सक्ने सम्भावना छ । आरजु पनि काठमाडौँकी रैथाने हुन् ।

रेशम चौधरी र पुष्कर ओझाको मौन समर्थन रहेमा पनि यस पटक कैलालीमा आरजुले चुनाव जित्ने सम्भावना बलियो छ । तर गाउँ, नगर, चुनावी क्षेत्रमा नजाने तथा बुढानीलकण्ठ वा बालुवाटारबाहेक बाहिर ननिस्कने प्रवृत्तिका कारण उनलाई सजिलै मतदाताले भोट दिनेमा आशंका छ । यद्यपि यसका लागि आवश्यक नेता तथा कार्यकर्ताको साथ पनि आरजुले खोजेकी छन् ।

त्यसमाथि शेखर कोइराला र ओझाको साथ भएमा सम्भावना बलियो बनाएकी आरजुले स्थानीयको मत जित्न पनि थप धेरै काम, कारबाही र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  २ : २८ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र