यार्सागुम्बाको उर्वर क्षेत्र संरक्षण गर्ने हाम्रो उद्देश्य छ : मन्त्री बडू « Khabarhub

यार्सागुम्बाको उर्वर क्षेत्र संरक्षण गर्ने हाम्रो उद्देश्य छ : मन्त्री बडू


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमसहित देश भरीमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाका उर्वर क्षेत्रलाई संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मार्मा गाउँपालिकाबीच भएको ‘निजी क्षेत्रको सहभागितामा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रस्थित लटिनाथ, मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना’ गर्न सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर गर्दै मन्त्री बडूले दार्चुलाको अपिनाम्पा क्षेत्रसहित हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको थप अध्ययन तथा अनुसन्धानसहित त्यहाँका उर्वर क्षेत्रलाई संरक्षण गरिने उल्लेख गरे।

उनले भने, “यार्सागुम्बा के हो, यो किन बहुमूल्य भयो, यसको उपयोगिता के हो, यसको उर्वरता के हो, हामी यसको वैज्ञानिक अध्ययन सुरु गर्दै छौँ । संरक्षण पनि गछौँँ ।” मन्त्री बडूले यार्सागुम्बालाई कसरी संरक्षण गर्ने, हाम्रो मुलुकमा यसको कसरी प्रशोधन गर्ने, अनि यार्सा सङ्कलक, व्यापारी तथा सरकारलाई राजस्वसहित कसरी फाइदा पुग्छ भन्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताए।

देशभित्र यार्सागुम्बाको वैज्ञानिक अध्ययन हुन नसकेको उल्लेख गर्दै मन्त्री बडूले यार्सा सङ्कलन गरेर आम्दानी गरे पनि यसको उर्वरता कसरी बढ्छ भन्ने  विषयमा खासै जानकारीमा नआएको बताए। “यार्सागुम्बाका विषयमा वैज्ञानिक अध्ययन तथा अनुसन्धान हुन जरुरी छ”, उनले भने, “यस विषयमा मन्त्रालयले अध्ययन अनुसन्धानका कार्यहरू अगाडि बढाएको छ ।” यार्सागुम्बा अध्ययन तथा अनुसन्धानका लागि विज्ञसहितको टोली यार्सा पाइने सुदूरपश्चिमका हिमाली जिल्लासहित देशै भरी पठाउने मन्त्रालयको उद्देश्य रहेको मन्त्री बडूले जानकारी दिए। यसअघि आफू वन तथा वातावरणमन्त्री भएकै बेलादेखि नै यार्सागुम्बा प्रशोधन केन्द्र तथा संरक्षणका लागि पहल गरेको मन्त्री बडूले उल्लेख गरे।

मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले नेपाल चिनाउने विभिन्न जडीबुटीमध्ये यार्सागुम्बा पनि एक भएको र विश्व बजारमा पुर्‍याउन  खासै खर्च नलाग्ने भएकाले यार्सागुम्बा नेपाली ब्राण्ड हो भनेर लोगोसहित विदेश पठाउनका लागि मन्त्रालय लागि परेको सो अवसरमा जानकारी दिए । उनले भने, “विश्व बजारमा यार्सा नेपाली ब्राण्ड हो भनेर अब चिनाउनुपर्ने बेला आएको छ, यसका लागि मन्त्रालयले विभिन्न काम गर्दै छ, यसबाट सरकार, यार्सागुम्बा सङ्कलक र व्यापारीलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।”

सो अवसरमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले दार्चुलाको हिमाली भेगमा पाइने यार्सागुम्बाका विषयमा अध्ययन अनुसन्धान गरी प्रशोधनका लागि कदम चाल्नुपर्ने बताए। उनले भने, “मन्त्रालय र मार्मा गाउँपालिकाबीच आज भएको यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापनाका गर्न सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रले हामी उत्साहित भएका छौँ, हाम्रा लागि यो धेरै खुसीको कुरा हो, हाम्रो ठाउँमा पाइने यार्सा अब हाम्रै क्षेत्रमा प्रशोधन हुने आशा छ ।”

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ०८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी