दसैँसँगै मकै भित्र्याउँदै « Khabarhub

दसैँसँगै मकै भित्र्याउँदै


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड दिन थालेका हुन् । तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुँबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ । 

मकै भित्र्याएको लामो समयसम्म जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पुरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका-८ का हरिबहादुर खत्रीले बताए । माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहुँ लगाउने काम सुरु भइसकेको उनले जानकारी दिए । ढिला गरेर तोरी र गहुँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दसैँभन्दा बढी खेती किसानीतर्फ नै केन्द्रित हुनुपरेको पञ्च भयार मावि नलगाडका शिक्षक वीरबहादुर खत्रीले बताए ।

हिउँदेबालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दसैँ मनाउने अवस्थामा पुगेको रुकुम पश्चिम आठबीसकोटका तिलक बटालाले बताए । गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ । गाउँमा युवाकाे सङ्ख्यासमेत कम छ । वैदेशिक रोजगारीका कारण युवा गाउँमा कम मात्रामा छन् ।

गाउँ, गाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण  नभएको बारेकोट गाउँपालिका-५ का गणेश शाहीले बताए । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ५० बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई