दसैँसँगै मकै भित्र्याउँदै « Khabarhub

दसैँसँगै मकै भित्र्याउँदै


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड दिन थालेका हुन् । तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुँबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ । 

मकै भित्र्याएको लामो समयसम्म जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पुरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका-८ का हरिबहादुर खत्रीले बताए । माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहुँ लगाउने काम सुरु भइसकेको उनले जानकारी दिए । ढिला गरेर तोरी र गहुँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दसैँभन्दा बढी खेती किसानीतर्फ नै केन्द्रित हुनुपरेको पञ्च भयार मावि नलगाडका शिक्षक वीरबहादुर खत्रीले बताए ।

हिउँदेबालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दसैँ मनाउने अवस्थामा पुगेको रुकुम पश्चिम आठबीसकोटका तिलक बटालाले बताए । गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ । गाउँमा युवाकाे सङ्ख्यासमेत कम छ । वैदेशिक रोजगारीका कारण युवा गाउँमा कम मात्रामा छन् ।

गाउँ, गाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण  नभएको बारेकोट गाउँपालिका-५ का गणेश शाहीले बताए । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ५० बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी