नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो « Khabarhub

नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो ।

विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो ।

तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहुँदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिटर आसपास घर–टहरा बनाउने क्रम नरोकिँदा नहर साँघुरिँदै गएको छ ।

दुई वर्षयता रामधुनीको झुम्काबजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढ्दै गएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकादेखि बाहुनीसम्म पनि ठाउँठाउँमा घर–टहरा बनाइएका छन् ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाले नहरको आसपासमा कुनै प्रकारको अतिक्रमित गतिविधि नगर्न पटकपटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ । तर सिँचाइ आयोजनाको आग्रहलाई अटेर गर्दै नहर आसपास मनोमानी घर–टहरा बनिरहेका छन् ।

सुनसरीको रामधुनी र इटहरीको खनार क्षेत्रमा जथाभावी घर–टहरा बनाउने क्रम तीव्र बनेको छ । कतिपय सङ्घसंस्थाको अगुवाइमा शौचालय र सिँचाइकै जग्गामा भवनसमेत निर्माण गरिएको छ ।

बसोबास गर्ने क्रममा अन्यत्र बस्ने दरिलो आधार नभएपछि बाध्य भएर नहर आसपासका जग्गामा बस्नु परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले सुनसरी मोरङ सिँचाइ आयोजनाले सूचना निकालेर हट्न आग्रह गरे पनि उपाय नभएपछि बस्नु परेको बताएका छन् ।

रामधुनी नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार चौधरीले बजारको बीचबाट नहर बगेकाले बजार नै कुरूप बन्दै गएको र नहर अतिक्रमणको चपेटामा परेको बताए।

नहर आसपास बसोबास गर्नेलाई ऐलानी जग्गाको पहिचान गरी सार्ने योजना रहेको इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए ।

अन्न उत्पादनका लागि सुनसरी र मोरङ पूर्वकै उर्वरभूमि मानिन्छन् । नहर दिनानुदिन साँघुरिएकाले खाद्यान्न उत्पादनमा कमी आउने गर्छ । चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार बिघा खेतीलाई सिञ्चित गर्ने गर्छ । नहर विसं १९६७ मा बनाइएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ५२ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई