शीर्ष नेताको सुदूरपश्चिम दौड « Khabarhub

शीर्ष नेताको सुदूरपश्चिम दौड


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन्।

निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न अनुमति दिएसँगै प्रमुख राजनीतिक दलले सुदूरपश्चिमबाट चुनावी सभा थालेका छन्। शीर्ष नेताको दौड पनि सुदूरपश्चिममै देखिन्छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका लागि अहिले सुदूरपश्चिममै छन्। देउवा बुधबार र ओली बिहीबार धनगढी पुगेका हुन्। देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा व्यस्त छन्।

कात्तिक २० गतेसम्म डडेल्धुरामै बस्ने देउवाले जिल्लामा आयोजना हुने ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको कांग्रेस सुदूरपश्चिम  महामन्त्री नरनारायण शाहले बताए।

ओली आज दार्चुला पुग्दैछन्, जहाँबाट एमालेले चुनावी अभियान सुरु गर्दैछ। एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउने तयारी छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यका अनुसार आज हुने प्रदेशस्तरीय छलफलले अध्यक्ष प्रचण्डको आगमनबारे निर्णय लिनसक्नेछ।

एकीकृत समाजवादीले अछाममा चुनावी सभाको आयोजना गर्ने कार्यतालिका छ। एसका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार शनिबार अछामको साँफेबगरमा हुने चुनावी सभामा उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्ने छन्।

कैलाली, कञ्चनपुरमा हुने चुनावी सभामा अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको प्रदेश अध्यक्ष सिंहले बताए।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ४९ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान