शीर्ष नेताको सुदूरपश्चिम दौड « Khabarhub

शीर्ष नेताको सुदूरपश्चिम दौड


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन्।

निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न अनुमति दिएसँगै प्रमुख राजनीतिक दलले सुदूरपश्चिमबाट चुनावी सभा थालेका छन्। शीर्ष नेताको दौड पनि सुदूरपश्चिममै देखिन्छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका लागि अहिले सुदूरपश्चिममै छन्। देउवा बुधबार र ओली बिहीबार धनगढी पुगेका हुन्। देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा व्यस्त छन्।

कात्तिक २० गतेसम्म डडेल्धुरामै बस्ने देउवाले जिल्लामा आयोजना हुने ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको कांग्रेस सुदूरपश्चिम  महामन्त्री नरनारायण शाहले बताए।

ओली आज दार्चुला पुग्दैछन्, जहाँबाट एमालेले चुनावी अभियान सुरु गर्दैछ। एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउने तयारी छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यका अनुसार आज हुने प्रदेशस्तरीय छलफलले अध्यक्ष प्रचण्डको आगमनबारे निर्णय लिनसक्नेछ।

एकीकृत समाजवादीले अछाममा चुनावी सभाको आयोजना गर्ने कार्यतालिका छ। एसका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार शनिबार अछामको साँफेबगरमा हुने चुनावी सभामा उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्ने छन्।

कैलाली, कञ्चनपुरमा हुने चुनावी सभामा अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको प्रदेश अध्यक्ष सिंहले बताए।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ४९ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा