लागूऔषधसहित उदयपुरबाट ३ जना पक्राउ « Khabarhub

लागूऔषधसहित उदयपुरबाट ३ जना पक्राउ


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

लागूऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले अधिकारीलाई डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुलसहित पक्राउ गरेको हो।

त्यसैगरी त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय राजकुमार राईलाई अर्का अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो। त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कबाट तीन किसिमका लागूऔषधसहित त्रियुगा नगरपालिका-१० बोक्सेका ३४ वर्षीय विकास राई पनि पक्राउ परेका छन्।

बसपार्कमा हिडिँरहेका राई माथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो।

उनीहरुलाई अनुसन्धानका लागि म्याद थपेर लागू पदार्थ कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ४२ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी