सन्दीपलाई थुनामा पठाउन अदालतको आदेश  « Khabarhub

सन्दीपलाई थुनामा पठाउन अदालतको आदेश 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । सो आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाउने तयारी भइरहेको छ । 

गत २० भदौमा एक बालिकाले सन्दीपविरुद्ध बलात्कार आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा सन्दीप पक्राउ परेका थिए । गत मंगलबारदेखि थुनछेक बहस भएको थियो । शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीश घिमिरेको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : १३ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ