निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन « Khabarhub

निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । आज संघीय गृह मन्त्रालय र मधेस सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले खुला सीमानाका साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशनसमेत दिए । 

निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै उनले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणजस्ता कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको उक्त गोष्ठीमा नेपाल सरकारका गृहसचिव विनोदप्रकाश सिंह, मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत, नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति थियो । 

गोष्ठीमा मधेस प्रदेशस्थित आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ४० बजे

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी