उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग « Khabarhub

उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो । 

शेफोक्सुण्डो गाउँपालिका वडा नम्वर १,२ र ३ बाहेक अन्य सबै ठाउँमा रहेका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभएमा कर्मचारी परिचालन गर्न मुस्किल हुने डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार ठूलो हेलिकोप्टरले १५ वटा उडान भरेमा मात्र कर्मचारीलाई पुर्‍याउन सकिन्छ । निर्वाचन आयोगलाई उपल्लो डोल्पामा जान र आउन भएको समस्याका विषयमा जानकारी गराइसकेको प्रजिअ अधिकारीले बताए।

तिहारमा घर गएका कर्मचारी सदरमुकाममा पुग्ने क्रम जारी छ । डोल्पा सदरमुकामसम्म पुग्न जुफाल विमानस्थल र भेरी करिडोरको स्थलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । चीनको सिमानासँग जोडिएको उपल्लो डोल्पामा वर्षेनी हिमपातका कारण कात्तिकदेखि चैतसम्म यहाँका सबै गतिविधि ठप्प हुने गर्छ । 

सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जान १० दिनसम्म लाग्ने गर्दछ। हिउँले ढाकिएका अग्ला पहाड छिचोल्नुपर्ने बाध्यता छ । चिसो मौसममा प्रहरी चौकीसमेत दुनै झारिन्छ । उपल्लो डोल्पामा रहेका ३० वटा मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अत्यन्तै संवेदनशील भएकाले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको अधिकारीले बताए । 

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि डोल्पामा ६६ वटा स्थायी र दुईवटा अस्थायी गरेर ६८ वटा मतदान केन्द्र छन् । डोल्पाको मतदाता संख्या २२ हजार सात सय ७४ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ३९ बजे

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक