‘वर्तमान सरकार घरको बाघ, बनको स्याल हो’ « Khabarhub

‘वर्तमान सरकार घरको बाघ, बनको स्याल हो’


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामु घुँडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसको उनले आरोप लगाए ।

‘विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्ने । उहाँको छोरीलाई दिनभर थुनेर साँझ छोडिदिने जस्ता क्रियाकलाप निन्दनीय छन्’ उनले भने । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उनको भनाइ छ ।

‘हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झियो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आँउछन् तब देश बिग्रन्छ । हामीले १ सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौं । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,’ कांग्रेस नेतृत्वको सरकारलाई व्यङ्ग गर्दै ओलीले भने ।

विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले नहुने भन्दै उनले स्थायी सरकार चाहिने बताए । ‘त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभइ देश बनाउनका लागि भोट दिनु होला,’ उनले भने ।

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गरे । उनले भने, ‘अब गठबन्धनको प्रधानमन्त्री कोहो ? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेल्धुराबाट मै हुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौँ। त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।’

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ४३ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले