दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या « Khabarhub

दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

दाङ – घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका-१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मानसिक रोगका बिरामी नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा रक्तचाप उच्च भएपछि चिकित्सकले अस्पतालमै बस्न सुझाव दिएका थिए । त्यसपछि उनीहरू नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा झुण्डिएर आत्महत्या गरेको दाङ प्रहरीका प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।

बिहान कोठाबाट कोही ननिस्किएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको उनले जनाए । मृतकका दुई छोरा र एक छोरी छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ०७ बजे

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म