मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव « Khabarhub

मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – जनता समाजवादी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताए।

सप्तरीको राजविराज नगरपालिका–२ को राजदेवी टोलस्थित राजदेवी पोखडी महाड बस्तीमा आज आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसके अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने बताए। उनले अहिले पनि आफू मधेसलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसङ्ख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए।

उनले भने, ‘मधेस विद्रोहलगायत त्यसका पूरक आन्दोलनले मधेसीलाई अधिकार त दिलायो तर अझै पनि शासन प्रणालीमा सुधार, समान अवसरको प्राप्ति र मधेसमा विकासका लागि सङ्घर्षको आवश्यकता छ ।’

सङ्घीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेसमा जनसङ्ख्याको अनुपातमा बजेट नदिइने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेसमा १८ प्रतिशत मात्र लगानी भइरहेको जानकारी दिए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका यादवले मुलुकमा सात प्रदेशमध्ये पहिचानका आधारमा एक मात्र मधेस प्रदेश बन्नु लागि गौरवको विषय रहेको बताए। सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हवको रूपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इञ्जिनीयरिङ कलेज, कृषि विश्व विद्यालय, नर्सिङ कलेजलगायत काम पूरा भएपछि जिल्लामा विकासले गति लिने दाबी गरे ।

कार्यक्रममा पार्टीका नेता एवं राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, जसपाका प्रवक्ता मनिषकुमार सुमन, पूर्वसांसद एवं प्रदेशसभा सदस्यका प्रत्यासी रञ्जु ठाकुरलगायतले जसपाले गरेको उदाहरणीय कामबारे चर्चा गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली