गठबन्धन ब्यानरका लागि मात्र होइन : मन्त्री कार्की « Khabarhub

गठबन्धन ब्यानरका लागि मात्र होइन : मन्त्री कार्की


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताएका छन् ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा सुनसरीको रामधुनी नगरपालिका–४ स्थित लालपुरमा आज आयोजित सभामा संविधानको रक्षा र लोकतन्त्रलाई बलियो बनाउन गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे। उनले संविधान जीवन्त दस्तावेज भएको र यसलाई समायनुकूल संशोधन गर्न सकिने बताए ।

सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका कार्कीले अबको १० वर्षमा नेपाल दक्षिण एसियाको धनी राष्ट्र बन्ने दाबी गरे।

मन्त्री कार्कीले भने, ‘जलस्रोत, पर्यटन र कृषिको व्यावसायिकीकरण गरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’

उनले विगतमा जनतासँग आफूले गरेको वाचाको ८० प्रतिशत पूरा गरेको दाबी गरे । मन्त्री कार्कीले रामधुनीदेखि झुम्कासम्मको नौ किलोमिटर सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउँदै ऐतिहासिक रामधुनी मन्दिरको पर्यटक आउने सक्ने किसिमको पूर्वाधारको विकास गरिने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ५७ बजे

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य