गठबन्धन ब्यानरका लागि मात्र होइन : मन्त्री कार्की | Khabarhub Khabarhub

गठबन्धन ब्यानरका लागि मात्र होइन : मन्त्री कार्की


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताएका छन् ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा सुनसरीको रामधुनी नगरपालिका–४ स्थित लालपुरमा आज आयोजित सभामा संविधानको रक्षा र लोकतन्त्रलाई बलियो बनाउन गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे। उनले संविधान जीवन्त दस्तावेज भएको र यसलाई समायनुकूल संशोधन गर्न सकिने बताए ।

सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका कार्कीले अबको १० वर्षमा नेपाल दक्षिण एसियाको धनी राष्ट्र बन्ने दाबी गरे।

मन्त्री कार्कीले भने, ‘जलस्रोत, पर्यटन र कृषिको व्यावसायिकीकरण गरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’

उनले विगतमा जनतासँग आफूले गरेको वाचाको ८० प्रतिशत पूरा गरेको दाबी गरे । मन्त्री कार्कीले रामधुनीदेखि झुम्कासम्मको नौ किलोमिटर सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउँदै ऐतिहासिक रामधुनी मन्दिरको पर्यटक आउने सक्ने किसिमको पूर्वाधारको विकास गरिने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ५७ बजे

म्याग्दी निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कर्णाली– घरमा राखिएको खाटको खुट्टा प्रहार गरी श्रीमतीको हत्या गरेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने

काठमाडौं– प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु 

रसुवा– नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको