नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै « Khabarhub

नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेश्रो नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले सहभागीता जनाउने भएको छ । ५ देखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ ।

भारतको दिल्ली र बैगलुरुमा हुने खेलका लागि खिमानन्द गैरेको कप्तानीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी रहेका छन् ।

टिम प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा तुम्रु उप्रेती तथा अफिसियलमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ छन् ।

प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी सात राष्ट्रले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने नियमावली रहेको छ ।

नेपालले डिसेम्बर ६ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी सात डिसेम्बरमा बंगलादेश, ९ मा अस्ट्रेलिया, १० मा दक्षिण अफ्रिका, १३ मा श्रीलंका र १४ मा पाकिस्तानविरुद्ध प्रदर्शन गर्नेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ०४ बजे

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले