भूमि आयोगको सूचनापछि थप आक्रामक उपत्यका विकास प्राधिकरण « Khabarhub

भूमि आयोगको सूचनापछि थप आक्रामक उपत्यका विकास प्राधिकरण


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या नसुल्टिएसम्म घरटहरा नभत्काउन निर्दशन दिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरण थप आक्रामक देखिएको छ। मंसिर १४ मा प्राधिकरणले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन प्रयास गरिरहेकै समयमा प्राधिकरणले यस्तो सूचना ल्याएको थियो। तर भूमि आयोगले आफूले सकुम्बासीको समस्या समाधान गर्ने भन्दै नभत्काउन भने पछि प्राधिकरणले थप आक्रमक बन्दै आइतबार सूचना निकालेको छ। संविधानले नचिन्ने संयन्त्रले स्थानीय तह र ऐन बमोजिमका निकायहरूलाई निर्देशन दिन नसुहाएको भन्दै सामाजिक सञ्‍जालमा आयोगको व्यापक आलोचना समेत भइरहेको छ।

उसले उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्ने र मापदण्ड कार्यान्वयनको अधिकारसम्म प्राधिकरणलाई ऐनमै प्राप्त भएको भन्दै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन भनेको छ। त्यही नहटाएमा संरचना प्राधिकरणले भत्काउने र त्यसको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : २८ बजे

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले