छेडा-जुम्ला सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती « Khabarhub

छेडा-जुम्ला सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – ठेकेदारको लापरबाहीले छेडा-थलह-सानाखोला-चाँदे-जुम्ला सडक आयोजना अललपत्र परेको छ।

जाजरकोटको छेडादेखि जुम्ला जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडक खण्डको ३० किलोमिटर ट्र्याक खोल्न बाँकी नै छ।

नेपालगन्जको अमर सिस्ने जेभीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर सडक निर्माणको ठेक्का लिए पनि एक वर्षमा १५० मिटर ट्र्याक मात्र खनिएको छ।

पाँच वर्षभित्र सडक निर्माण सक्ने लक्ष्य रहे पनि काम सुस्त छ। कम्पनीले कुल ठेक्काको १० प्रतिशत अर्थात् १ करोड ३५ लाख रकम लिइसकेको पूर्वाधार विकास कार्यालयका जाजरकोटका प्रमुख सोहिन्दर यादवले जानकारी दिए।

अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेले १५ करोडमा ठेक्का लिएको पूर्वाधार कार्यालयले जनाएको छ। कम्पनीले आउँदो ०८२ पुस ४ गतेभित्र सडक निर्माण गरिसक्ने गरी ०७८ पुस ५ गते ठेक्का लिएको हो।

पेस्की रकम बुझेर पनि लामो समयसम्म काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीले पटक–पटक ताकेता गरेको छ। कार्यालयले ४ पटक पत्राचार गरेर कम्पनीलाई तीव्र गतिमा सडक निर्माण गर्न ताकेता गरेको छ। तर कार्यालयको ताकेतालाई ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ५३ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी