बाजुरा प्रदेशसभा (ख) बाट कांग्रेसका शाही निर्वाचित « Khabarhub

बाजुरा प्रदेशसभा (ख) बाट कांग्रेसका शाही निर्वाचित


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बाजुरा – प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १७ हजार पाँच सय २१ मत ल्याए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई दुई हजार पाँच सय ९८ मतले पराजित गरे । सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ । तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो।

कार्यालयले शनिबार बेलुकी प्रदेशसभा–१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा–१ का नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : ०९ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको