किन हातमा धन अडिँदैन ? यस्ता छन् धार्मिक विश्वास « Khabarhub

किन हातमा धन अडिँदैन ? यस्ता छन् धार्मिक विश्वास


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिस महिना भरी कडा मेहनत गर्दछन् तथापि उनीहरूको हातमा धन अडिन पाउँदैन । ऋणको भार पनि बढ्छ । यसो हुनुमा माता लक्ष्मी रुष्ट हुनु कारक मानिन्छ ।

धर्म शास्त्र अनुसार माता लक्ष्मी रुष्ट हुनुमा मानिसको कर्म कारक मानिन्छ । यदि मानिसले आफ्नो गलत कर्म नछाडे यस्ता मानिसको घरमा दरिद्रताको वास हुने विश्वास गरिन्छ । साथै परिवारले गरिबिको सामना गर्नुपर्ने धार्मिक विश्वास छ । त्यसैले मानिसले माता लक्ष्मी रुष्ट हुने केही काम गर्नबाट बच्नु पर्दछ ।

के हुन् ती काम ?

क) अबेरसम्म सुत्नु
रातमा सबेरै सुत्नु र बिहान सबेरै उठ्नु सनातन धर्ममा सर्वश्रेष्ठ मानिन्छ । बिहान अबेसम्म सुत्दा यसले दैनिकी बिग्रने गर्दछ । जसका कारण दिनभरिको काम प्रभावित बन्न पुग्छ । साथै जीवनमा आर्थिक अभावको सामना गर्नुपर्ने र घरमा अशान्ति हुने धार्मिक मान्यता छ ।

ख) पाका मानिसको अपमान नगर्ने
परिवारका पाका मानिसको सदैव सम्मान गर्नु पर्दछ । जुन घरमा यस्ता व्यक्तिको सम्मान हुँदैन त्यहाँ माता लक्ष्मीको कृपा नहुने धार्मिक मान्यता छ । त्यसैले भुलेर पनि कोही पाका व्यक्तिको अनादर गर्नु हुँदैन । सकेसम्म उनीहरूको सेवा गर्नु पर्दछ ।

ग) गलत कार्य
कम समयमा धनी बन्ने मनसायले कतिपय मानिस गलत कार्य गरेर धन कमाउने गर्दछन् । यसका लागी उनीहरू गरिबलाई सताउने र शोषणसम्म गर्छन् । कतिपय धन कमाउन अनैतिक र गलत तरीकासम्म अपनाउन पछि पर्दैनन् । तर यसरी कमाएको धन चाँडै नष्ट हुने विश्वास गरिन्छ । तसर्थ धन कमाउन केवल मेहनत गर्नु पर्दछ ।

घ) गरिबलाई निरादर
सनातन संस्कृतिमा दान दिनु पुण्य मानिन्छ । तर केवल चाडपर्व वा तिथिमा मात्र नभई सम्भव भएसम्म हरेक समयमा दान दिनुपर्ने मान्यता छ। अझ कोही गरीब वा भिक्षुक मद्दत माग्न आए हर सम्भव उनीहरूको मद्दत गरे माता लक्ष्मीको कृपा प्राप्त हुने धार्मिक मान्यता छ । तसर्थ माग्न आएका कुनै पनि गरिबको कहिल्यै अनादर गर्नुहुँदैन ।

ङ) अभद्र शब्द
जुन घरमा पति–पत्नीबीच सधैँ झगडा हुन्छ, एकर्का प्रति अपमानजनक शब्दको प्रयोग हुन्छ, त्यहाँ दरिद्रता आउने धार्मिक विश्वास छ । यस्तो घरमा कहिल्यै माता लक्ष्मीको निवास नहुने विश्वास गरिन्छ । त्यसैले घर वा बाहिर कहिल्यै कसैलाई अभद्र शब्दको प्रयोग गर्नु हुँदैन ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ०७ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई