मौरिसससँगको मैत्रीपूर्ण खेल नेपालले दशरथ रंगशालामै खेल्ने « Khabarhub

मौरिसससँगको मैत्रीपूर्ण खेल नेपालले दशरथ रंगशालामै खेल्ने


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँगको दुबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । यसअघि दुबै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौँमै सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडी को-को हुन्?

किरणकुमार लिम्बु (गोलकिपर), दिप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), सत्रुघन चौधरी (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, विमल घर्तीमगर, बिशाल राई, दर्शन गुरूङ, देबेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डांगी, नविन गुरूङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरूङ, सुदिप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशिल राई र तेज तामाङ रहेका छन्।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : ०६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा