एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एनसेलमा निःशुल्क « Khabarhub

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप एनसेलमा निःशुल्क


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिसलगायतका सेवा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ ।

बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोबाइल बैंकिङ एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन्।

एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्य्राकिङजस्ता सुविधाहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ) मा पनि मोबाइल बैंकिङमार्फत आवेदन दिन सकिनेछ ।

प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा र एपमा रहेको कस्टुमर केयरबाट ग्राहकको समस्या र जिज्ञासा समाधान गरिने बैंकले जानकारी दिएको छ ।

वेभसाइटबाट अनलाइन खाता र आईपीओ आवेदन, कर्जा प्रतिफल हिसाबकिताब, ईएमआई हिसाबकिता लगायत अन्य सेवासुविधाबारे जानकारी उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका पछिल्ला योजनाहरू र सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे पनि वेभसाइटबाट जानकारी लिन सकिनेछ । इन्टरनेट बैंकिङका माध्यमबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

एनआईसी एसिया बैंकले देशभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ४९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको