साउदीमा ७० नेपाली युवा अलपत्र, ९ महिनादेखि पाएनन् तलब (भिडियोसहित) « Khabarhub

साउदीमा ७० नेपाली युवा अलपत्र, ९ महिनादेखि पाएनन् तलब (भिडियोसहित)



दोहा– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ७० नेपाली युवा साउदीको खोबरमा अलपत्र परेका छन् । काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका उनीहरु अलपत्र परेका हुन् ।

साउदीको जुबेलमा रहेको साश इन्टरनेशनल कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये झापाका लक्ष्मी पौडेलले जानकारी दिए ।

‘‌हामी विगत ३० महिनादेखि साश इन्टरनेशनल कम्पनीमा कार्यरत छौँ,‘ उनले खबरहबसँग भने, ‘अहिले हामीलाई ठूलो समस्या परेको छ, विगत ९ महिनादेखि तलब पनि पाएका छैनौँ ।’

‘यो मेरो मात्र हैन, यहाँका ७०/८० जना नेपालीको समस्या नै त्यही हो,’ उनले थपे, ‘हामी अहिले ४ महिनादेखि बेरोजगार भएर क्याम्पमा बसेका छौं । हाम्रो रिन्यु पनि गरेको छैन । कम्पनीले बनाइदिनुपर्ने बहिर्गमन भिसा पनि नदिँदा अहिले अलपत्र अवस्थामा छौँ ।’

उनीहरुले नेपाल सरकारले नेपाल लैजानका लागि पहल गर्न पनि अनुरोध गरेका छन् ।

आफूहरुको समस्या पठाउने मेनपावर कम्पनीलाई भन्दा मेनपावरका एजेन्ट सुरेन्द्र खनाल यहाँको कम्पनी मिलेर आफूहरुमाथि उल्टै दबाव दिने तथा थर्काउने गरेको उनीहरुले बताएका छन् ।

आफूहरुको समस्याबारे ४ महिनाअघि नै रियादस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि साउदी सरकारी उच्च निकायसम्म पहुँचै नभएको दूतावास निरीह रहेको उनीहरुले आरोप लगाएका छन् । साथै, गैरआवासीय संघ (एनआरएनए) साउदीलाई पनि जानकारी गराए पनि अहिलेसम्म कतैबाट सुनवाइ नभएको उनीहरूले बताएका छन् ।

अहिले आफूहरुसँग फोन गर्ने एक रुपैयाँ पैसा पनि नभएको र कम्पनीको अवस्था झन् बिग्रिएको भन्दै उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

साउदीमा अलपत्र परेका नेपालीहरुमा लक्ष्मी पौडेल, प्रेम प्रकाश अधिकारी, विवेक परियार, शिव मन्जरी घिमिरे, रविन्द्र मल्ल, राजेन्द्र विश्वकर्मा, राजकुमार बस्नेत, धन बहादुर तामाङ, श्याम निरौला, मनोज राई र नोल बहादुर सिञ्जालीलगायत ७० देखि ८० जनासम्म रहेका छन् ।

यस विषयमा बुझ्न खोज्दा खबरहबले एजेन्ट सुरेन्द्र खनालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

पछिल्लो समय साउदीमा कम्पनीले महामारीको कारण देखाउँदै कामदारलाई विना तलव कम्पनीबाट निकाल्ने तथा समयमा तलव नदिने तथा करार अवधि सकिएपछि पनि घर नपठाउने कारण ठूलो संख्यामा नेपालीहरु अलपत्र पर्ने क्रम बढ्न थालेको छ ।

भिडियो:

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : ३८ बजे

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय