कुवेतमा कोरोना संक्रमण बढ्यो, सामाजिक जमघटमा प्रतिबन्ध « Khabarhub

कुवेतमा कोरोना संक्रमण बढ्यो, सामाजिक जमघटमा प्रतिबन्ध


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– पछिल्लो दिनहरूमा कुवेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएसँगै कुवेत सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले जारी गरेको सूचना अनुसार ९ जनवरी देखि २८ फेब्रुअरीसम्म सबै भित्री सामाजिक जमघटहरूमा प्रतिबन्ध लगाइएको हो ।

त्यस्तै कुवेत प्रवेश गर्ने सबै यात्रुहरूले यात्रा गर्नुपूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।

यसका अतिरिक्त स्थानीय सरकारले जारी गरेको निर्देशनअनुसार कोरोनाविरूद्धको बुस्टर डोज खोप छिट्टै लिनको लागि समेत दूतावासले अनुरोध गरेको छ । पछिल्लो समय कुवेतमा कोभिड–१९ को संक्रमण दर बढिरहेको मंगलबार मात्र नयाँ कोरोना संक्रमित संख्या १ हजार ४८२ पुगेको र हाल सक्रिय संक्रमित संख्या ६ हजार ५४ पुगेको जनाएको छ ।

यसरी बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउन त्यहाँस्थित नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ ।

साथै, कोभिड(१९ संक्रमणविरूद्ध अपनाउदै आएका उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने र नगर्ने, मास्क तथा पञ्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा सेनिटाइजरले नियमित रूपमा हात सफा गर्ने, खानपान लगायत स्वास्थ्य(सरसफाइमा विशेष ध्यान दिन पनि अनुरोध गरिएको छ ।

साथै दूतावासले कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएमा नजिकैको स्वास्थ्य केन्द्र अथवा अस्पतालमा तुरून्तै सम्पर्क गर्न समेत अपील गरेको छ ।

–योगेन्द्र योगी

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ३ : १० बजे

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि