खोटाङमा थपिए ५ हजार ८४६ नयाँ मतदाता « Khabarhub

खोटाङमा थपिए ५ हजार ८४६ नयाँ मतदाता


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा ५ हजार ८४६ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातामध्ये महिलाको संख्या ८० ले बढी छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै गत १७ मंसिरदेखि २६ मंसिर र २९ मंसिरदेखि ९ पुससम्म सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली संकलन अभियानका क्रममा २ हजार ९६३ महिला र २ हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो ।

पहिलो चरणमा १ हजार ३०९ पुरुष र १ हजार ४३ जना महिला गरी २ हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको निमित्त जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए । दोश्रो चरणमा महिला १ हजार ९२० जना र पुरुष १ हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन् ।

यस अवधिमा अन्य जिल्लाका ७ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । पहिलो चरणमा ४ जना र दोश्रो चरणमा ३ जनाले मतदाता नामावली दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ५५ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले