वर्षा र हिमपातसँगै चिसो बढ्यो : कहाँ कति पानी पर्‍यो ? « Khabarhub

वर्षा र हिमपातसँगै चिसो बढ्यो : कहाँ कति पानी पर्‍यो ?

डडेलधुराको अधिकतम तापक्रम ०.८ डिग्री


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। वर्षा र हिमपात भएपछि देशभर न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिजो डडेलधुराको अधिकतम तापक्रम नै ०.८ डिग्री सेल्सियसमा झरेको छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ०.६ डिगी सेल्सियस मापन गरिएको छ। हिजो २७ दशमलव ४ मिलिमिटर पानी परेको छ।

यस्तै जुम्लाको अधिकतम तापक्रम २.२ डिग्री र न्यूनतम तापक्रम माइनस १.० डिग्री मापन गरिएको छ। जुम्लामा ५०.७ मिलिमिटर पानी परेको छ। यसैगरी लुम्लेको अधिकतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन हुँदा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ।

देशका अधिकाशं स्थानको न्यूनतम तापक्रम १४ डिग्रीभन्दा कम मापन गरिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो सबैभन्दा धेरै नेपालगन्जमा ६४.८ मिलिमिटर पानी परेको छ।

यस्तै विरेन्द्रनगरमा ५२.२ मिलिमिटर, जुम्लामा ५०.७ मिलिमिटर, दिपायलमा ४८.६ मिलिमिटर र काठमाडौंमा ४१.९ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार बिहीबार रातिदेखि वर्षा र हिमपात गराएको प्रणाली कमजोर हुँदै गएकाले शनिबार बेलुकीदेखि भने पानी र हिउँ पर्न कम हुँदै जाने सम्भावना छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ०० बजे

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको