काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा दिइने « Khabarhub

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा दिइने


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ ।

कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो । त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो ।

जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मङ्गलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ । यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, विहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ । महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ । सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण दर दैनिक घटिरहेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा सङ्क्रमण देखिएको छ भने १४६ सङ्क्रमण मुक्त भएका छन् । हाल जिल्लाको १३ स्थानीय तहमा ४०३ कोरोना सक्रीय सङ्क्रमित छन् । जिल्लामा हालसम्म १७ हजार ३८४ मा सङ्क्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ९६ दशमलब ५६ प्रतिशत अर्थात् १६ हजार ७८६ सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : १२ बजे

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा