विपद् प्रभावितलाई राहत दिन गृहमन्त्री खाँणको निर्देशन « Khabarhub

विपद् प्रभावितलाई राहत दिन गृहमन्त्री खाँणको निर्देशन


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले तराइमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिए ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो ।

गृहमन्त्री खाँणले आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिए ।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका १ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको मृत्यु भएको थियो । गृहमन्त्री खाँणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।

गृहमन्त्री खाँणले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराइमा हावाहुरी र शितलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिए।

त्यस्तै मन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी प्रसाईँ (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुंगा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।

त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि टेलिफोनमार्फत जिल्लाको अवस्थाबारे जानकारी लिएका हुन्।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ४६ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ