जय पृथ्वीबहादुर सिंहका ८ अमर वाणीहरू « Khabarhub

जय पृथ्वीबहादुर सिंहका ८ अमर वाणीहरू


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) आत्मा र शरीरभन्दा मन र शरीर निकट छन् । यसर्थ हामी मनमार्फत शरीरमाथि र शरीरमार्फत मनमाथि सजिलै काम गर्न सक्छौँ ।

२) आत्मा शरीरबाट अलग छ र मृत्यु क्रमिक हिसाबले हुन सक्छ । मृत्यु कण कणबाट हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले ठहर्‍याइसकेको छ ।

३) पदार्थ र तापले ल्याएको परिवर्तनले शरीर बनेको छ भन्ने अवस्थामा हामी पुगिसकेका छौँ ।

४) ज्ञानका लागि आवश्यक छ भने आत्मा जीवन्तताका लागि जरुरी छ । जीवन्तता भौतिक, अभौतिक, अर्थात् शरीर र मन दुवैको ।

५) वास्तवमा ब्रह्मज्ञान नै सबै अस्तित्वको आधार हो र यो नै होनहार माध्यम हो । जसबाट हामीलाई जीवन्तता मिल्दछ साथै ज्ञान र भौतिक शरीर बन्ने अन्य माध्यमहरूको उदय हुन्छ ।

६) भौतिक शरीरको श्रोत इथर हो, ज्ञानको श्रोत मन हो र जीवन्तताको श्रोत आत्मा हो । यी सबै एकपछि अर्को गर्दै क्रमिक चालले उत्तराधिकार लिँदै स्थुलता र अनुबोध्यताति जीवन्तता, ज्ञान र भौतिकताको सम्युक्त र होनहार अवस्था शाश्वत आधारभूत ब्रह्मज्ञानबाट उदाउँछन् ।

७) राष्ट्रमण्डलको गठनमा पर्ने मानिसहरु विभिन्न देशका उच्च पदाधिकारीहरु नै छन्, यसकारण समाजवादी वा साम्यवादी दृष्टिकोणले त तिनीहरु स्वभावतः साम्राज्यवादी हुन् र मजदुर विरोधी हुन् ।

८) निजी र स्वतन्त्र सङ्घसंस्थाका भने केही दलगत भावनाले डोर्‍याइएका छन् र कोही धार्मिक झगडाले र कोही जातीय भेदभावले ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : १५ बजे

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको