जय पृथ्वीबहादुर सिंहका ८ अमर वाणीहरू « Khabarhub

जय पृथ्वीबहादुर सिंहका ८ अमर वाणीहरू


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) आत्मा र शरीरभन्दा मन र शरीर निकट छन् । यसर्थ हामी मनमार्फत शरीरमाथि र शरीरमार्फत मनमाथि सजिलै काम गर्न सक्छौँ ।

२) आत्मा शरीरबाट अलग छ र मृत्यु क्रमिक हिसाबले हुन सक्छ । मृत्यु कण कणबाट हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले ठहर्‍याइसकेको छ ।

३) पदार्थ र तापले ल्याएको परिवर्तनले शरीर बनेको छ भन्ने अवस्थामा हामी पुगिसकेका छौँ ।

४) ज्ञानका लागि आवश्यक छ भने आत्मा जीवन्तताका लागि जरुरी छ । जीवन्तता भौतिक, अभौतिक, अर्थात् शरीर र मन दुवैको ।

५) वास्तवमा ब्रह्मज्ञान नै सबै अस्तित्वको आधार हो र यो नै होनहार माध्यम हो । जसबाट हामीलाई जीवन्तता मिल्दछ साथै ज्ञान र भौतिक शरीर बन्ने अन्य माध्यमहरूको उदय हुन्छ ।

६) भौतिक शरीरको श्रोत इथर हो, ज्ञानको श्रोत मन हो र जीवन्तताको श्रोत आत्मा हो । यी सबै एकपछि अर्को गर्दै क्रमिक चालले उत्तराधिकार लिँदै स्थुलता र अनुबोध्यताति जीवन्तता, ज्ञान र भौतिकताको सम्युक्त र होनहार अवस्था शाश्वत आधारभूत ब्रह्मज्ञानबाट उदाउँछन् ।

७) राष्ट्रमण्डलको गठनमा पर्ने मानिसहरु विभिन्न देशका उच्च पदाधिकारीहरु नै छन्, यसकारण समाजवादी वा साम्यवादी दृष्टिकोणले त तिनीहरु स्वभावतः साम्राज्यवादी हुन् र मजदुर विरोधी हुन् ।

८) निजी र स्वतन्त्र सङ्घसंस्थाका भने केही दलगत भावनाले डोर्‍याइएका छन् र कोही धार्मिक झगडाले र कोही जातीय भेदभावले ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : १५ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा