व्यास नगरपालिकाको ३६ औँ नगर सभाद्वारा चार विधेयक पारित « Khabarhub

व्यास नगरपालिकाको ३६ औँ नगर सभाद्वारा चार विधेयक पारित


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६ औँ नगर सभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ ।

स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन(कार्यविधि) विधेयक २०७८(पारित) गरेको हो ।

त्यसैगरी, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८(संशोधन) गरेको छ। आ.व २०७८-०७९ को लागि ३५ औँ नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

आव २०७८-०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत एक अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको संशोधित वजेट तथा कार्यक्रम संशोधन सहित पारित गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : २५ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको