पाको महोत्सवमा नेपाल प्रवर्द्धन गरिँदै « Khabarhub

पाको महोत्सवमा नेपाल प्रवर्द्धन गरिँदै


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाको जिलोङमा पाको महोत्सव मनाइँदैछ ।

एक लाखभन्दा बढीको सहभागिताका बीच विविध कार्यक्रम गरी यो महोत्सव मनाइनेछ ।

१९८३ बाट शुरु गरिएको बहु साँस्कृतिक पाको महोत्सवमा नेपालीहरुको सहभागिता २०१३ बाट रह्यो । पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भए ।

तत्कालिन नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिव सुशिल घिमिरेको उपस्थिति रहेको कार्यक्रममा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले कुमारी भेषमा परेडमा सहभागी भै स्टेजमा कुमारी नृत्य प्रदर्शन गरेकी थिइन ।

बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सवको रुपमा मानिने पाको फेस्टामा आयोजक संस्थासँग आबद्ध भएका जातिय संस्था र संगठनहरुले आ-आफ्नो सांस्कृतिक चाल-चलन, रितिरिवाज, खानपान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोष्ठी, प्रदर्शन जस्ता विविध कार्यक्रम गर्ने गरिन्छ ।

२०१३ मा नेपालको कुमारी आकर्षणको केन्द्र बनेको थियो र कुमारीको विषयले स्थानीय पत्रिकामा स्थान पनि पाएको थियो । त्यसपछिका वर्षमा लाखे नाच पनि विदेशीको आकर्षणको केन्द्र बन्न पुगेको थियो ।

कोरोनाका कारण पहिला पहिला जस्तै गरी पाको महोत्सव नमनाइने भएपनि यो वर्ष २६ फरवरीका दिन सामान्य तवरबाट मनाइन लागिएको यो महोत्सवमा स्थापना भएको एक वर्षभित्रमा नै ३०० भन्दा बढी सदस्य बनाउन र थुप्रै महत्वपूर्ण कार्यक्रम गर्न सफल ग्रेटर जिलोङ नेपाली समाजले पनि नेपालको प्रवर्द्धन गर्ने तयारी गरिराखेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ०४ बजे

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला