साउदीमा १५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

साउदीमा १५१ नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १५१ जनाले सेवा लिएका छन् ।

राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसीद्वारा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा १५१ जना नेपाली श्रमिकहरू लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए ।

त्यहाँको जुबैलस्थित गल्फ एसिया मेडिकल कम्पलेक्समा आयोजना गरिएको एकदिने निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम राखिएको थियो।

उक्त नि:शुल्क शिविरमा नेपाली श्रमिकहरूको कोलेस्ट्रोल लेभल, युरिक एसिड, मृगौला, ब्लड प्रेसर, सुगर, लिभर, भिटामिन डीको परीक्षण गर्दै आवश्यक औषधी र विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परीक्षण गरिएको अध्यक्ष यादवले बताए ।

स्वास्थ परीक्षण कार्यक्रममा नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवान, एनआरएनएका निबर्तमान अध्यक्ष तेज थापा, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो।

नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनगर गर्दै एनआरएनएले विभिन्न समयमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : १५ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ