घाइते डिकबहादुरको पीडा: उपचार नपाएर अपाङ्ग हुन नपरोस् « Khabarhub

घाइते डिकबहादुरको पीडा: उपचार नपाएर अपाङ्ग हुन नपरोस्


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोड–१ का डिकबहादुर विश्वकर्मा कात्तिक ३० गते दशैँ मनाएर विराट चोकबाट घर फकिँदै थिए । उनी सवार मे. ८ प ५२९८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको कारले दमक चोकमा ठक्कर दियो ।

ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्यो । खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । दुर्घटनापछि उनले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लामोसमय उपचार गराए । उपचार गराउँदा उनको तीन लाख खर्च भयो ।

‘ठक्कर दिएपछि खुट्टामा चोट लागेको छ । बीएण्डसीले अस्पतालमै बसेर उपचार गराउनु भन्दै थियो । पैसा नएकाले मैले घर पनि नजिकै छ भनेर घरबाटै धाउन थाले,’ उनी भन्छन्, ‘ऋण काढेर निकालेको तीन लाख रकम सकियो । महँगो औषधी खाइरहनुपरेको छ । निकै गाह्रो छ ।’

ठक्कर दिने कारको रंग थाहा छ उनलाई । तर, दुर्घटनामा पर्दा उनले कारको नम्बर भने ख्याल गर्न सकेनन् । ‘दमकमा सेतो कारले ठक्कर दियो । कार हाइवे दक्षिणबाट आइरहेको थियो । ठक्कर दिएर कार भाग्यो,’ उनी भन्छन्, ‘त्यति देखेँ । त्यहाँबाट म बेहोस भएँ । केही थाहा छैन ।’

मध्य दिनको २ बजे उनलाई कारले ठक्कर दिएको थियो । ठक्करलगत्तै इलाका प्रहरी कार्यालयमा उनले जाहेरी पनि दिए । तर, प्रहरीको बेवास्ताले गर्दा कारको पहिचान हुन नसकेको उनको गुनासो छ । ‘प्रहरी कार्यालय त कति धाएँ–धाएँ । सीडीओ कार्यालयसम्म निवेदन पनि दिएँ,’ उनी भन्छन्, ‘प्रहरीले वास्ता नै गरेन । जसका कारण म समस्यामा छु ।’

डाक्टरले खुट्टाको अपरेसन गर्नुपर्छ भनेका छन् । तर, उनले आफूसँग रकम नभएकाले अप्रेसन गर्न सक्ने आँट जुटाउन नसकेको बताएका छन् ।

‘मलाई उपचार खर्च दिए हुन्छ भन्ने हो । उपचार नपाएर म अपाङ्ग हुन नपरोस् भन्ने हो । घटना भएको तीन महिना हुन लाग्यो । दुर्घटना भएकै दिन जाहेरी दिएको थिएँ,’ विश्वकर्मा भन्छन्, ‘दमक चोकमा सीसीटीभी त होला नि ? कर कार्यालयमा होला ? प्रहरीले वास्तै गर्दैन ।’ उनले प्रहरीको बेवास्ताका कारण ठक्कर दिने सवारी कुनै पहुँचबाला व्यक्तिको भएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय दमकले भने खोजी गरिरहँदा पनि नभेटिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले प्रयास गर्दा पनि नभेटिएको बताए ।

‘दुर्घटना भएको स्थानमा सीसी क्यामेराले पनि क्याच नगर्ने रहेछ । हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘कर कार्यालयको सीसीटीभीले पनि गेटसम्म देखाउने रहेछ । यसमा हामी गम्भीर छौँ । खोजी गरिरहेका छौँ ।’

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : १५ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक