भोताङले जित्यो पाँचपोखरी क्रिकेटको उपाधि « Khabarhub

भोताङले जित्यो पाँचपोखरी क्रिकेटको उपाधि



काठमाडौं- काठमाडौँ : पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ ।

मुलपानीस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई हराउँदै पाँचपोखरी भोताङ क्रिकेट टिमले उपाधि उचालेको हो ।

तस्वीर : पासाङ लामा ह्योल्मो

पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो ।

तस्वीर : पासाङ लामा ह्योल्मो

जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले ४० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

तस्वीर : पासाङ लामा ह्योल्मो
तस्वीर : पासाङ लामा ह्योल्मो

खेलको म्यान अफ दि म्याच पाँचपोखरी भोताङका पेम्बा तामाङ बने । खेलपछिको पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंह, विशेष अतिथि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको अध्यक्ष टासी लामा ह्योल्मो थिए ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले खेतको गह्राबाट सुरु भएको क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा खेल्नु विशेष उपलब्धीमुलक भएको टिप्पणी गरेका थिए । 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : ०८ बजे

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको