मंगलबार, गणेश भगवानको पूजा गर्नुहोस् « Khabarhub

मंगलबार, गणेश भगवानको पूजा गर्नुहोस्


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो।

गणेश भगवानलाई कसरी खुसी बनाउने ?

विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने। त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने। विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ। त्यसकारण व्रत बसी विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ।

गणेश भगवानको पूजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ। यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ। गुलियो खाने कुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ।

त्यतिमात्रै हैन गणेशलाई खुसीबनाउने पुजागर्दा वस्त्र पनि चढाउनुपर्छ। यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ५ : ४३ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक