‘कर घटायो भने साइकल चढ्ने मान्छे बढ्छन्’ « Khabarhub

‘कर घटायो भने साइकल चढ्ने मान्छे बढ्छन्’

‘बाइक र कारले साइकल चलाउने बाटो नै छैन’



केही दिनअगाडि कीर्तिपुरमा ‘साइकल एक्सेस’ कार्यक्रम थियो । यसको लागि काठमाडौँमा बाटो कति फराकिलो बनाउने, कति घरहरू बनाउन दिने, कति सवारीसाधन ल्याउन दिने यसको क्षमता के हो ? यसबारे सोचिएन जस्तो लाग्छ। कि त नयाँ बाटो ल्याउन पर्‍यो । यदि भएका बाटोलाई मात्र प्राथमिकता दिने हो भने पुराना बस्तीहरू सबै सखाप हुने सम्भावना छ । यसको लागि सवारीहरू ल्याउन दिन भएन ।

साइकल चढ्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ तर अहिले यो सम्भव छैन । किनभने मोटर र मान्छे हिड्ने बाटोसमेत छैन। जब नयाँ बाटो बन्छ त्यो ठाउँमा साइकललेन बनाउँदा राम्रो हुन्छ । त्यसको लागि नीति चाहिन्छ । गाडी मगाउँदा कर बढाउने र साइकल मगाउँदा कर घटाउने गर्‍यो भने साइकल चढ्ने मानिसहरू बढी हुन्छन् । यो कुरा राष्ट्रिय नीतिमा भर पर्ने पर्ने कुरा हो । यसैले साइकल एक्सेस कार्यक्रम गर्नु राम्रो हो । तर त्यो कतिको सम्भव छ र नयाँ बाटो बनाउँदा यसको प्रावधान कसरी अपनाउन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ।

 

कला, संस्कृति सम्पदा र वातावरण संरक्षणको आधारमा साइकल लेन र पैदल यात्रीको सुविधा हुनै पर्दछ । यसको लागि नियम कानुन पनि हुन्छ । तर सबैभन्दा पहिला हाम्रो सोचमा परिर्वतन आउनु पर्दछ । सुशासन कायम, संविधानमा उल्लेखित अधिकारको संरक्षण, विकाश निमार्णका क्रममा (शिक्षा, स्वास्थ्य, खानेपानी)को विकास गर्ने, जनताको जीवनस्तर उठाउन सामाजिक रुपान्तरण गर्न जरुरी छ । नगरपालिकामा फेरि म जिते भने यो कानुन ल्याउने वाचा गर्छु।

साथै नयाँ बाटो बनाउदा साइकल लेन बनाउन सकिन्छ । पुरानो बाटोमा सम्भव छैन । सम्पूर्ण विज्ञहरूका विचारअनुसार कुनै पनि गाडीहरू भित्र्याउन हुँदैन । तब मात्र कीर्तिपुरलार्ई पर्यटकीय नगर बनाउन सकिन्छ । यस सम्बन्धमा हामीले पैदल यात्रीलाई प्राथमिकता दिने काम गर्नु पर्दछ ।

(खबरहबद्धारा आयोजित ‘काठमाडौँ उपत्यका साइकलमैत्री सहर निर्माण’ विषयक अन्तरक्रियामा डा. शिवशरण महर्जनले राखेको धारणाको सम्पादित अंशः)

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ८ : ३५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर