रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव « Khabarhub

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन युनियन (ईयू)ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धलाई प्रतिबन्ध लगाउने सहितका कडा कदम चाल्ने प्रस्ताव गरेको बीबीसीले जनाएको छ । तर, यो पस्ताव यूरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ ।

रुस र युक्रेनबीच युद्ध चर्किएपछि यूरोपियन देशले रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यूरोपका अधिकांश देशले रुसको इन्धन चलाउँदै आएका थिए । युक्रेनमाथि दमन गरेको भन्दै यूरोपियन राष्ट्र रुससँग रुष्ट बनेका छन् ।

रुस र युक्रेनबीच केही महिनायता तनाव जारी छ । छोटो समयमा टुंगिने अनुमान गरिएको तनाव लामो समयसम्म जारी हुँदा यसको प्रभाव विश्व बजारमा देखिन थालेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : ५४ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी