बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन « Khabarhub

बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन



दोहा – बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । रमादान बजारमा विभिन्न हस्तकलाको सामग्री, चिया, पस्मिना सल, नेपाली उत्पादनहरू तथा सेल रोटी, म:म, खाना सेट लगायत नेपाली परिकारहरुको प्रवर्द्धन गरिएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइन अधिराज्यस्थित सार मलमा रमादानको अवसरमा यसोसेसन अफ साउथएस्ट एसियन नटीसन्सको संयोजकत्वमा सञ्चालित फुड फेस्टीवलमा दूतावासले पनि सहभागिता जनाई नेपाली उत्पादन तथा परिकारहरुको प्रवर्द्धन गरेको हो।

कार्यक्रममा विशेष अतिथिको रूपमा डेपुटी गभर्नर अफ द नर्थअन गभरेन्ट ब्रिगाडिएर खालिद रबिह सिनन अल- दोसरी, क्यापीटल अफ गभरेन्टका डाइरेक्टर युसुफ लोरी लगायत बहराइनका लागि मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, टर्की, बङ्गलादेश लगायतका राजदूतहरू तथा अन्य नियोगका कूटनीतिक कर्मचारीहरूले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ ।

साथै, उनीहरूले नेपाली परिकारहरू विभिन्न हस्तकलाको सामाग्री, चिया, पस्मिना सल खरिद गरेका थिए । रमादानको समयमा प्रत्येक शुक्रबार दिनको २ देखि ५ बजेसम्म सञ्चालित उक्त कार्यक्रम २९ अप्रिलमा समापन भएको दूतावासले जनाएको छ ।

यसअघि पनि दूतावासले त्यहाँको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय मेलामा नेपालले पहिलो पटक सहभागी जनाएर नेपाली उत्पादन प्रवर्द्धन गरेको थियो । कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्द्धनात्मक सामग्री प्रदान गरिएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : १० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना