बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन « Khabarhub

बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन



दोहा – बहराइनको रमादान बजारमा नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । रमादान बजारमा विभिन्न हस्तकलाको सामग्री, चिया, पस्मिना सल, नेपाली उत्पादनहरू तथा सेल रोटी, म:म, खाना सेट लगायत नेपाली परिकारहरुको प्रवर्द्धन गरिएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइन अधिराज्यस्थित सार मलमा रमादानको अवसरमा यसोसेसन अफ साउथएस्ट एसियन नटीसन्सको संयोजकत्वमा सञ्चालित फुड फेस्टीवलमा दूतावासले पनि सहभागिता जनाई नेपाली उत्पादन तथा परिकारहरुको प्रवर्द्धन गरेको हो।

कार्यक्रममा विशेष अतिथिको रूपमा डेपुटी गभर्नर अफ द नर्थअन गभरेन्ट ब्रिगाडिएर खालिद रबिह सिनन अल- दोसरी, क्यापीटल अफ गभरेन्टका डाइरेक्टर युसुफ लोरी लगायत बहराइनका लागि मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, टर्की, बङ्गलादेश लगायतका राजदूतहरू तथा अन्य नियोगका कूटनीतिक कर्मचारीहरूले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ ।

साथै, उनीहरूले नेपाली परिकारहरू विभिन्न हस्तकलाको सामाग्री, चिया, पस्मिना सल खरिद गरेका थिए । रमादानको समयमा प्रत्येक शुक्रबार दिनको २ देखि ५ बजेसम्म सञ्चालित उक्त कार्यक्रम २९ अप्रिलमा समापन भएको दूतावासले जनाएको छ ।

यसअघि पनि दूतावासले त्यहाँको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय मेलामा नेपालले पहिलो पटक सहभागी जनाएर नेपाली उत्पादन प्रवर्द्धन गरेको थियो । कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्द्धनात्मक सामग्री प्रदान गरिएको थियो।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : १० बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको