भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता « Khabarhub

भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् ।  सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् । 

गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सभालाई सम्बोधन गर्ने भरतपुर उपमहानगरपाकिलाको उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले जानकारी दिए । 

चुनावी सभा भने मध्यान्ह १२ बजे हाकिम चोक नजिकै रहेको केन्द्रीय बस टर्मिनल क्षेत्रमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको चुनावी सभा भए पनि गठबन्धनको संयुक्त चुनावी सभाको रूपमा परिणत गरिएको हो । 

गठबन्धनको तर्फबाट पूर्व महानगर प्रमुखसमेत रहेकी रेणु दाहाल प्रमुख पदकी उम्मेदवार छिन् । उनी माओवादी अध्यक्ष प्रचण्डकी छोरीसमेत हुन् । 

उनीविरुद्ध गठबन्धन दल कांग्रेसबाट पूर्वराष्ट्रपति सभा सदस्य जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन् । पौडेल बागी उम्मेदवार बन्दा दाहाललाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ०८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको