बर्दिबासमा माओवादी केन्द्रको प्रतिबद्धता : वार्षिक पाँच सय जनालाई रोजगारी   « Khabarhub

बर्दिबासमा माओवादी केन्द्रको प्रतिबद्धता : वार्षिक पाँच सय जनालाई रोजगारी  


२२ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्र बर्दिबासले आसन्न स्थानीय निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी स्थानीय तहमा निर्वाचित भएपछि पाँच वर्षसम्म गर्ने काम र पाँच वर्षपछिका आधारहरू घोषणापत्रका माध्यमबाट सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा युवा स्वरोजगारलाई मुख्य प्राथमिकता दिइएको छ । वार्षिक पाँच सयभन्दा बढी युवाहरूलाई नगरभित्रै स्वरोजगार सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विकासका पूर्वाधारमा परिवर्तन गर्ने बताउँदै उक्त घोषणापत्रमा धुलाम्य सडकबाट मुक्त बनाई वार्षिक १५ किलोमिटर सडकलाई पक्की बनाउने नीति लिइएको छ । सबै प्रकारका सडक कम्तीमा चार मिटरको हुनुपर्ने नियम लागू गर्नेदेखि फलाइ ओभर बृज र अन्डरपास निर्माण गर्ने नीति लिइएको छ ।

नगरवासीहरूलाई निःशुल्क उपचारको लागि स्वास्थ्य बिमा परियोजनालाई गतिशील बनाउने, सुविधा सम्पन्न सर्पदंस उपचार केन्द्र, एक वडा एक योग ध्यान केन्द्र, विपन्न र दीर्घ रोगीहरूको लागि नगर स्वास्थ्य कोष स्थापना गरी निःशुल्क उपचारको व्यवस्था गरिने, बर्दिबासलाई सुविधा सम्पन्न, आधुनिक उपकरणसहित सय शय्याको अस्पताल स्तरोन्नति गरिने बताइएको छ ।

आधिकारिक स्वामित्वको आधारमा तुरुन्त लालपुर्जा वितरण गर्ने, किसान परिचयपत्र बनाउने, आधुनिक गोठ, खोर तथा पशुपालनमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिने माओवादी केन्द्रले नीति बनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १२ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको