बर्दिबासमा माओवादी केन्द्रको प्रतिबद्धता : वार्षिक पाँच सय जनालाई रोजगारी   « Khabarhub

बर्दिबासमा माओवादी केन्द्रको प्रतिबद्धता : वार्षिक पाँच सय जनालाई रोजगारी  


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्र बर्दिबासले आसन्न स्थानीय निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी स्थानीय तहमा निर्वाचित भएपछि पाँच वर्षसम्म गर्ने काम र पाँच वर्षपछिका आधारहरू घोषणापत्रका माध्यमबाट सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा युवा स्वरोजगारलाई मुख्य प्राथमिकता दिइएको छ । वार्षिक पाँच सयभन्दा बढी युवाहरूलाई नगरभित्रै स्वरोजगार सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विकासका पूर्वाधारमा परिवर्तन गर्ने बताउँदै उक्त घोषणापत्रमा धुलाम्य सडकबाट मुक्त बनाई वार्षिक १५ किलोमिटर सडकलाई पक्की बनाउने नीति लिइएको छ । सबै प्रकारका सडक कम्तीमा चार मिटरको हुनुपर्ने नियम लागू गर्नेदेखि फलाइ ओभर बृज र अन्डरपास निर्माण गर्ने नीति लिइएको छ ।

नगरवासीहरूलाई निःशुल्क उपचारको लागि स्वास्थ्य बिमा परियोजनालाई गतिशील बनाउने, सुविधा सम्पन्न सर्पदंस उपचार केन्द्र, एक वडा एक योग ध्यान केन्द्र, विपन्न र दीर्घ रोगीहरूको लागि नगर स्वास्थ्य कोष स्थापना गरी निःशुल्क उपचारको व्यवस्था गरिने, बर्दिबासलाई सुविधा सम्पन्न, आधुनिक उपकरणसहित सय शय्याको अस्पताल स्तरोन्नति गरिने बताइएको छ ।

आधिकारिक स्वामित्वको आधारमा तुरुन्त लालपुर्जा वितरण गर्ने, किसान परिचयपत्र बनाउने, आधुनिक गोठ, खोर तथा पशुपालनमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिने माओवादी केन्द्रले नीति बनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ४० बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका