ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु « Khabarhub

ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ । 

देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ बहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए । 

उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोसी अस्पताल रामेछाप पठाएको थियो । 

उपचारको क्रममा देव बहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ५८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ