बिमा कर्मचारी पीडित किसानलाई नभेटी फर्किए « Khabarhub

बिमा कर्मचारी पीडित किसानलाई नभेटी फर्किए


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरू विवरण नलिई काठमाडौं फर्किने तयारी गरेपछि निजगढका पीडित किसान चिन्तित बनेका छन् ।

केरा बिमा गरेका किसानको क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं र सिमरा शाखाबाट खटिएका कर्मचारीहरूले केही किसानहरूलाई मात्र भेटेर अन्य किसानलाई चार पाँच घण्टाभित्र विवरण पेस गर्न खबर गरेपछि क्षतिको विवरण टिपाउन नपाएर किसानहरू चिन्तित बनेका हुन् । 

हुरीले क्षति गरेको केराको विवरण संकलन गर्न बिमा कम्पनीका कर्मचारीहरू बुधबार निजगढ आएका हुन् । ‘किसानलाई जानकारी नै नदिई कर्मचारीहरू आएका रहेछन्,’ किसान गोविन्द खरेलले भने, धेरैको विवरण टिपोट गर्न छुटेको छ ।’ 

उनका अनुसार कर्मचारीले बिमा गरेका निजढका करिब २४२ किसानमध्ये ४०/५० जनाको मात्रै विवरण लिएका छन् । बाँकी किसानको हकमा भने बुधबार साँझभित्र क्षतिको विवरण पेस गर्नु पर्ने भनेर खबर छोडेर कर्मचारीहरू फर्किएको उनले बताए । गत १६ बैशाखमा पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको उनले बताए । 

स्थानीय किसानका निजगढमा करिब १२ सय बिगा केरा खेती गरिएकोमा करिव १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा चार देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए । 

निजगढमा केरा खेती गर्ने करिब सात सय किसानमध्ये थोरैले मात्र बिमा गरेको र बिमाबापतको रकम लिन उनीहरूले समस्या ब्यहोर्नु परेको किसानहरूको गुनासो छ । गत वर्ष हावाहुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १ : ०३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको