मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ ।

तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नं को पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका का ४३ वर्षीय सतिशकुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ०० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द