मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ ।

तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नं को पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका का ४३ वर्षीय सतिशकुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ०० बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न