म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध मुद्दा दायर


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगङ्गा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो ।

उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी पोशाकको दुरुपयोग गर्नुका साथै लागू औषध दुर्व्यसनलाई प्रेरित गर्ने खालको अभिव्यक्ति दिएकाले सोही आधारमा अनुसन्धान थालिएको एसपी कार्कीले बताए ।

‘प्रहरी पोशाकको दुरुपयोग गर्नुका साथै लागू औषध दुर्व्यसनलाई प्रेरित गर्ने अभिव्यक्ति थियो । सार्वजनिक अपराध तथा अभद्र व्यवहार भएकोले त्यहीअनुसार अनुसन्धान थालेका छौं,’ एसपी कार्कीले भने, ‘जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । अनुसन्धान गरेर मुद्दा दायर गर्छौँ ।’

प्रहरीले उनका फुपुका छोरा पुरण भट्टराईलाई समेत नियन्त्रणमा लिएको छ । उनी स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बनेका थिए । उनलाई आफ्नो ड्रेसको हिफाजत गर्न नसकेकोले नियन्त्रणमा लिएर उनीमाथि पनि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

‘आफ्नो ड्रेसको हिफाजत गर्न सक्नुपर्छ । त्यसमा दाइको सहमति र जानकारीमै उनले ड्रेस लगाएर भिडियो बनाएको देखियो,’ एसपी कार्कीले भने, ‘आफ्नो ड्रेसको दुरुपयोग गर्न दिन मिलेन । दाइलाई पनि प्रहरी हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

‘उनलाई ड्रेस लगाएर यसरी भिडियो बनाउन कसले प्रेरित गर्‍यो ? कसरी भयो ? लगायतका विषयमा अनुसन्धान गरिरहेका छौं,’ एसपी कार्कीले भने, ‘उनी लागू औषधका दुर्व्यसनी हुन वा होइनन् ? सेवन गर्ने हो भने के कुन सेवन गरिरहेका छन् ? कहिलेदेखि सेवन गरिरहेका छन् ? लगायतका विषयमा अनुसन्धान गर्छौं।’

प्रारम्भिक चरणमा उनको उमेर १८ वर्षभन्दा कम देखिएको एसपी कार्कीले बताए । म्यादी प्रहरीको पोशाक लगाएर नवराजले बनाएको सेल्फी भिडियो भाइरल बनेको थियो । उनले भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ५७ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी