७ वर्षको खोजी पछि पक्राउ परेका ‘विश्वकै खतरनाक तस्कर’ अमेरिका सुपुर्दगी | Khabarhub Khabarhub

७ वर्षको खोजी पछि पक्राउ परेका ‘विश्वकै खतरनाक तस्कर’ अमेरिका सुपुर्दगी


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाले कुख्यात लागूऔषध तस्करलाई अमेरिका सुपुर्दगी गरेको छ । कोलम्बियाका राष्ट्रपति इभान डुकेले कुख्यात लागूऔषध तस्कर ओटोनियल भनिने डारियो एन्टोनियो उसुगालाई अमेरिका सुपुर्दगी गरिएको पुष्टि गरेका हुन् ।

सुपुर्दगीबारे घोषणा गर्दै राष्ट्रपति डुकेले ओटोनियल ‘विश्वकै सबैभन्दा खतरनाक तस्कर’ रहेको समेत टिप्पणी गरे । बीबीसीले जनाएअनुसार उनी कुख्यात लागूऔषध गिरोह गल्फ क्लान कार्टेलका नाइके समेत हुन् ।

कोलम्बियाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस गिरोहले हरेक वर्ष १८० देखि २०० टन कोकेन तस्करी गर्दै आएको छ । लागूऔषध तस्करीको अभियोगमा उनीमाथि अमेरिकाले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

७ वर्षको खोजीपछि उनी गत वर्षको अक्टोबर महिनामा पक्राउ परेका थिए । गत महिना त्यहाँको सर्वोच्च अदालतले उनको अमेरिका सुपुर्दगीलाई मन्जुरी दिएको थियो ।

सुपुर्दगी घोषणा गर्दै राष्ट्रपति डुकेले उनलाई अर्का कुख्यात लागूऔषध तस्कर पाब्लो इस्कोबरसँग तुलना गरे । ‘यो सुपुर्दगीले कोही पनि कोलम्बिया भन्दा माथि छैन भन्ने देखाउँछ ।’ राष्ट्रपति डुकेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पक्राउअघि उनी कोलम्बियाको ‘मोस्ट वाण्टेड’ थिए । उनीमाथि कोलम्बियाले ८ लाख अमेरिकी डलर र अमेरिकाले ५० लाख डलर इनाम समेत घोषणा गरेका थिए ।

उनको गल्फ क्लान कार्टेल गिरोहमा १८ सय सशस्त्र सदस्य रहेको बीबीसीले जनाएको छ । यस गिरोहले कोलम्बिया र अमेरिकाबाहेक अर्जेन्टिना, ब्राजिल, होण्डुरस, पेरु, स्पेन र रुससम्म आफ्ना गतिविधि गर्दै आएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ३ : ४५ बजे

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही