अमेरिकाले पाँच वर्षमा नेपाललाई ७९ अर्ब ७१ करोडको विकास सहायता दिने | Khabarhub Khabarhub

अमेरिकाले पाँच वर्षमा नेपाललाई ७९ अर्ब ७१ करोडको विकास सहायता दिने


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र अमेरिकाबीच नयाँ पाँच वर्षे विकास सहायता सम्झौता भएको छ ।

अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बीच आज उक्त सम्झौता भएको हो ।

सम्झौतामा दुवै देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका थिए ।

पाँचवर्षे यस सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग तथा सहकार्यका बृहत् विकास क्षेत्रहरूको रूपरेखा कोरेको छ ।

सम्झौता अनुसार पाँच वर्षको अवधिमा अमेरिकाले ६५ करोड ९० लाख अमेरिकी डलर (करिव ७९ अर्ब ७१ करोड रुपैयाँ) विकास सहायता नेपाललाई उपलब्ध गराउने छ । उक्त अनुदानले नेपाललाई मध्यम आय भएको देश बनाउन सघाउने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकी सहयोगले नेपालको दिगो विकासलाई अगाढि बढाउने बताइएको छ ।

सहायता रकम रेड बुकमा रेकर्ड गरिनेछ । यूएसएआईडीले यस सहायता सम्झौता अन्तर्गत सम्बन्धित मन्त्रालयहरूसँगको सहकार्यमा परियोजनाहरू विकास गर्नेछ र कार्यान्वयनमा ल्याउनेछ ।

पहिलो पटक अमेरिकी सहयोग पूर्ण रूपमा नेपाल सरकारको रेड बुकमा प्रतिबिम्बित हुने भएकाले सहायता सम्झौता दुवै सरकारका लागि प्रस्थान सम्झौता भएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले बताए ।

यस वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ३ : ५५ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी