जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
साहले आज पत्रकार सम्मेलन गरी आफू नगर प्रमुखमा निर्वाचित भएपछि गर्ने प्रमुख प्रतिबद्धता समेटिएर तयार पारिएको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
उनले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था गर्ने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वरोजगार, खेलकुद, पर्यटन र सुशासनको क्षेत्रमा काम गर्ने पनि साहले प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् ।
विगतमा लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका नेता साह केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । तर, नेकपा एमालेले टिकट नदिएपछि उनी स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया